A human right, inclusive democracy, socialism, Equality of Education and Health, Social Justis

Friday, January 1, 2021

व्यक्तिको ईगाले राजनीति अस्थिरता



राजनीति कसैको ईगोले चल्ने कुरा होइन । तर हामीले जे गर्नु पर्ने थियो त्यो गरिरहेका छैनौ, जे गर्नु पर्ने हो त्यो गर्नतिर लागेनौ । देशलाई डुवाउने काम खास गरी राजनेताबाटनै भएको छ । बारबार जनतालाई धोखा दिने काम राजनेताहरुले गरेका छन् । यसो भनि रहदा नेपालको राजनीति नेपाली जनताले कति बुझे यो कुरा पनि महत्वपुर्ण छ । म पनि एक नेपाली नागरिक हुँ तर मैले आजको अवस्थाको राजनीति बुझेको रहेनछु भन्ने लाग्छ । जब राजनीतिमा पैसाको खेल शुरु हुन्छ त्यहाँ अवश्य विकृति प्रवेश गर्दछ । यस कुराबाट नेपाली राजनीति टाढिन स


केनन् । यसको साथसाथै देशमा योगदान गरेका मानिसको पनि यो पछिल्लो चरणमा निकै अवमुल्यन भयो । 

नेपाली राजनीतिमा मौलाएको भ्रष्टचार, अस्थिरता, कानुनी मुल्य र मान्यताको अवशान, यो हाम्रो दुर्गतिको विषय भन्न पुग्यो । संविधानलाई राजनेताले जहिले सुकै आफु अनुकुल व्याख्या गरियो । जुन कुरा एउटाका लागि मान्य छ त्यो अर्काे लागि अनुकुल हुन सकेन । जबजब नेपालमा कसैको वहुमत आउँछ त्यो शक्तिले आफुलाई पृथक ठान्दै आएको छ । यस्तै भइरहेको छ । केपी शर्मा ओलीले संसद विघटन पनि यसैको उपज हो । गिरिजा प्रसाद कोइरालले संसद भंग गर्न हुने अरुले गर्न किन नहुने, यही शिक्षाबाटै मनमोहन अधिकारीले पनि संसद विघटन गर्ने जमर्को गरेका थिए नै । आज केपी शर्मा ओलीले पनि यसैको देखासिखी गरेका हुन् । हेरौ मुद्धा न्यायिक क्षेत्रमा पुगेको छ परिणमा कस्तो आउला ।

राष्ट्रपतिको कुरा गरिरहदा हिजोका दिन देखिनै जनताले अपेक्षा राख्ने ठाउँ समाप्त भैसकेको थियो । रामवरण यादवले पनि राष्ट्रपतीय हैसियले त्यस्तो जनपक्षीय काम गरेर गएनन् । उनले सेनापतिका विषयमा कति राम्रो वा न राम्रो गरे त्यो पनि एक वहसको विषय वनिरहेको नै छ । वर्तमान राष्ट्रपतिले पनि दुई–दुई वर्षको कार्यकालमा त्यस्तो उपलब्धीपूर्ण काम गरेका पाइएन । कुनै व्यक्तिको स्वार्थको गोटी बन्ने काममा प्रयोग भएको त हैन भन्ने आसंका राख्नु स्वभाविक हो । किनभने राष्ट्रपतिले आफैले अनुमोदन गरेको कामलाई आफैले अनुमोदन फिर्ता लिएको घटना हामीले देखेका छौ । यसले राष्ट्रपतिमा कस्तो अढान रहेछ भन्ने कुरा बुझ्न सजिलै सकिन्छ ।

नेपाली राजनीतिमा प्रतिपक्षमा बस्ने राजनीतिका भुमिका पनि त्यस्तो उल्लेखनीय प्रशसा गर्ने ठाउँ देखिदैन । नेपाल कम्युनिष्ट पार्टी नेकपाले ५२ दिनसंम्म संसद चल्न नदिएको अनुभव पनि हामीसंग छ । आजको पतिपक्षको कुरा गर्दा प्रतिपक्षको भुमिका नबुझेको हो कि जस्तो लाग्छ । सत्तापक्षको भुमिका भन्दा कम भुमिका प्रतिपक्षको हुँदैन । तर जनताकहाँ कुन मुद्धा लिएर जाने भन्ने कुराको निर्कौल गर्न सकेन । एक प्रकारले आजको प्रतिपक्ष शक्ति आफ्नै आन्तरिक झगडामा फसेको छ । जसले गर्दा जनताकहाँ पुग्न सकेको छैन । यस कुराले आजको प्रतिपक्ष शक्तिले ठुलो क्षती वेहोरिरहेको छ, चर्का भाषणाममात्र सिमित हुन गएको छ । प्रतिपक्षमा बसेको नेपाली काँग्रेसले एउटा निकास निकाल्न जरुरी भैसकेको छ । त्यो चाहे सडकमा उत्रे होस चाहे जनताको घरदैलोमा पुगेर होस् ।


Share:

0 Comments:

Post a Comment

Translate

Search dis Blog

Powered by Blogger.

Wikipedia

Search results

Advertisement

Responsive Advertisement

Popular Posts

Blog Archive