A human right, inclusive democracy, socialism, Equality of Education and Health, Social Justis

Tuesday, September 1, 2020

रोचक र मार्मिक प्रसङ्ग

आवेग 

आइमाई आफ्नो इच्छाका लागि कति क्रूर (Monostrous) र निष्ठुर (Arrogant) हुन्छन् ! एउटा मार्मिक कहानी, यो कहानी पढेर म त रोए तपाईलाई कस्तो लाग्छ ! मलाई लाग्छ, मानिसको जीवन नै एउटा जटिलताको कहानी हो, कहानी भित्रै मानिस जन्मिन्छ र एक कहानी भित्रै आफ्नो जीवनलाई अन्त गर्दछ । सुन्दर जीवनलाई खरानी बनाएरल केबल बाच्छ एउटा कहानी मात्र । त्यो पनि अधुरो !



इसापूर्व चार सय अठ्ठाइस वर्ष पहिला युरिपिडसले हिप्पोलेटस नाटकमा अाइमाइ कति क्रूर र निस्ठुर हुन्छन् भन्ने ग्रिक दु:खान्त नाटक लेखेका छन् । हुन त अाज भन्दा पाँच हजार वर्ष पहिले कुन्तीको याैन उन्मादले हो वा दुर्भासा ऋषिले दिएको मन्त्रको परिक्षणको लागि होस् पाण्डुसंग बिवाहा गर्नु भन्दा पहिलै कुमारी हुदै सूर्यसंगको सहबास पछि कर्णलाई जन्म दिइ र इज्जत बचाउन बालकलाई खोलामा बगाई दिइ । यो नै आइमाइको क्रुरताको नमुना हो, जुनकुरा हामीले महाभारतमा पढिसकेका छाै ।

हिप्पोलेटसको कहानीमा पनि प्राचीन ग्रिक संसारको यो कथा यस्तै प्रेम रुपी आगोको कथा हो, एउटा अबैध अागोलाई जसले छोए सबै खरानी भए । यस्तै भक्तपुरमा छोरीले अामाको हत्या गराउनु पनि यहि प्रेमको चिहान माथिको खरानी हो । प्रेम बहुत निर्दयी हुन्झ, यसले कसैलाई चिन्दैन । कसैलाई चिन्दैन, अन्धो हुन्छ ।

कथा यहाँबाट सुरु हुन्छ-एकदिन पिट्थेस ट्रोजन नगरका राजा पेलप्सका छोराले एथेन्सका राजा एगसलाई निमन्त्रणामा गर्छ र ठुलो सत्कार गर्दै एथेन्सका राजालाई टन्न रक्सी पिलाउछन् । यहि माैका छोपेर एगस सुतिरहेको कोठा अाफ्नी छोरी ऐथ्रोसलाई पठाउछन । रक्सीको सुरमा राजा एगस र राजकुमारी ऐथ्रोस बीच संभोग हुन्छ । राजकुमारी यत्ति संभोगले सन्तुष्टि भइन, अतृप्त संभोगले उ छटपटाउन थालि। यो समुन्द्रका देवता पोसिडोनले थाहा पाउछ र राजकुमारी सम्म पुगेर उसले पनि संभोग गर्दछ । 

जब एथेन्सका राजा एगस आफ्नो राज्यमा फर्कदै थियो  राजकुमारी अाफु गर्भवती भएको सुनाइ । तर त्यो गर्भ एगसको हो वा समुन्द्रका देवता पोसिडोनको हो  उनलाई नै थाहा थिएन । समुन्द्रका देवता सुटुक्क आएर राजकुमारीसंग संभोग गरेको कुरा राजकुमारीले लुकाइ र राजा एगसलाई पनि यो कुरा थाहै भएन ।

आफु गर्भवती भएको कुरा राजा एगसलाई सुनाए पछि राजाले भने यो बालकलाई जन्म दिनु जब उ लक्काजवान हुनेछ यो तरवार र खराउ ढुङ्गाले थिचेर राखिदिन्छु, यो लिएर पितृभुमि एथेन्समा पठाइदिनु । यति भनेर राजा एगस फर्क्यो । 

राजकुमारीले लुक्दैछिप्दै बालक जन्माइ, हुर्काइ, बालक लक्का जवान भयो । राजकुमारीले बाउको चिनो दिएर एथेन्स पाठाइन,जसको नाम थेसेअस थियो । राजकुमारीले एकै रातमा दुईवटासंग संभोग भएको कुरा छोरालाई भन्न सकिन । थेसेअस विभिन्न समस्याहरु पार गर्दै एथेन्स दरबारमा पुग्यो र दरबारको सेवामा लाग्यो । तर राजा एगसले उसलाई चिनेन। बरु कुख्यात अपराधी अाइमाई जादुगर्नी मेडिअले लक्का जबान ठिटोलाई भित्रभित्रै मन पराउन थाली जो राजा एगसकि पत्नी थिइ । नाताले थेसेअसकि अामा पर्ने थिइ ।

मेडिअले मनपराएको कुरा थाहा भए उसको इज्जत जान सक्ने हुनाले उसलाई मार्न ठिक हुने मनले सोची र मार्ने कुरा राजालाई बताइ । राजा अाफ्नी स्वास्नीको कुरा सुनेर मत्ता साढेसंग थेसेअस भिडेर नियन्त्रणमा लिनु पर्ने बतायो  । थेसेअसले साढेलाई पछारिदियो मेडिअले सोचेको जस्तो भएन । उ बच्यो !

मेडिअले थेसेअसलाई मार्न रक्सीमा विष राखेर खुवाउने चाल राजालाई बताई । राजा र थेसेअस रक्सी पिउन टेबुलमा बसे । संयोगले कुर्सीमा बस्दा तरबारले थेसेअसलाई असजिलो बनायो, उसले तरबार कम्मरबाट झिकेर टेबुलमा राख्यो । तरबार देख्दासाथ थेसेअस अाफ्नो छोरा भएको थाहा पायो  । थेसेअसले रक्सीको प्याला मुखसम्म पुराइसकेको थियो राजाले अकस्मात थेसेअसको हातलाई झम्टेर रक्सीको प्याला भुइमा खसालि दियो  । बाउछोराको पहिचान खुले पछि कुटिल मेडिअ त्यहाँ बस्न उचित देखिन, उ दरबार छोडेर भागी । थेसेअस एथेन्स राज्यको उत्तराधिकारी भयो ।

एथेन्स र क्रेट राज्यका राजा मिनट बीच भएको युद्धमा एथेन्स हारेको थियो जसकारण एथेन्सले सात जवान युवक र सात युवती हरेक वर्ष तिर्नु पर्दथ्यो । दुईपटक एथेन्सले सर्त पूरा गरिसकेको थियो । कोहि फर्केर अाउदैनथे, तीनिहरु राक्षसको आहरा बन्थे । तेस्रोपटक उपहर टोलीमा थेसेअस पनि गयो । क्रेट राजदरबारमा आफ्नो हाजिरी जनायो ।

समयले कोल्टो फेर्यो, मिनट राजाकि छोरी एरियडने थेसेअसलाई मन पराई, दुई बीच प्रेम भयो । अब आफ्नो प्रेमी थेसेअसलाई बचाउन एरियडनेले जुक्ति खोजी । जुक्तिमा ईन्जिनियर डायडालसले पूरा गरिदियो । थेसेअसले ईन्जिनियर डायडालसले दिएको जुक्तिमा सफल भयो । राक्षसलाई मारेर सबै साथीहरू सहित यरियडनेलाई भगाएर हिड्यो ।

थेसेअस पानी जहाजबाट एथेन्स फर्किदै थियो र बाउ राजा एगसले छोराको बाटो हेरेर बसिरहेका थिए । एगसले भनेका थियो यदि तिमी विजयी भएर अायाै भने जहाजको मस्तुलमा सेतो पतका पाल फर्फराउनु कि मैले मेरो छोरा जिउदै छ भनेर खुसी हुन सकु । तर परिस्थिति उल्टो भइदियो । थेसेअसले जहाजको मस्तुलमा सेतो पतका पाल हाल्न बिर्सियो । जहाजमा कालो पाल फर्फराएको देखेर राजालाई लाग्यो छोरा मरेछ । राजा पुत्रशोकमा मुर्छा पर्यो, फेरि कहिलै ब्युझेन ।

पिताको मृत्युु पछि थेसेअस राजा भयो । तर थेसेअस राजा एगसकै छोरा हुन ! भन्ने बिरोध भयो । यो बिरोधको समाना गर्यो, थेसेअसले । अमेजनलाई युद्धमा जितेर फर्किदा रखौटी स्वास्नी हिप्पोलेटे सुन्दरी अाइमाई लिएको थियोे, यीनिबाट एउटा छोरो जन्मियो जसको नाम हिप्पोलेटस थियो । केही वर्ष पछि क्रेटस र एथेन्सको सम्बन्ध सुधार गर्न क्रेटसका राजकुमारले अाफ्नी बहिनी फेद्रासंग थेसेअसको विहे गरिदियो । दुई सन्तान पनि जन्मे फेद्राबाट । फेद्रासंग हुनलागेको बिवाहा रोक्न हिप्पोलेटेले भयानक युद्ध गरि तर युद्धमा पराजित भइ, मरि ।

पछि घटना अनाैठो रुपमा मोडिन्छ । फेद्राले अाफ्नो साैतेनी छोरा हिप्पोलेटसलाई मन पराइ । यतिसम्म कि सेकेन्ड र मिनटमा उसको सम्झनाले उसलाई सताउन थाल्यो । अन्न पानी छोडि । लोकअपवाद र बदनामी हुनु भन्दा सुटुक्क मर्ने इच्छा फेद्राले राखि । उता हिप्पोलेटसले ब्रह्माचारी बस्ने निधो गरेको थियो तर यो कुरा प्रेमकि देवी एप्रडिटिलाई मन परेको थिएन । साैतेनी छोराको प्रेममा परेकि फेद्राको हालत खराब हुदै गएको थियो । 

यसै बीचमा फेद्राकि धाइअामले फेद्रा तिमीले प्रेम गरेको कुरा हिप्पोलेटसलाई भन । आखिर उ लोग्ने मान्छे हो पग्लिन सक्छ । हिम्मत गरेर फेद्रा सुनसान रातमा हिप्पोलेटसको कोठा भित्र पसि । चुरा बजाएर हिप्पोलेटसलाई ब्युझाइन र आफुले प्रेम गरेको सबै कुरा बताइ तर हिप्पोलेटसले यो हुनै सक्दैन माता ! भन्दै कोठाबाट बाहिर निस्क्यो । अामासंग अामाको प्रेम हुन्छ, वासनको प्रेम हुनसक्दैन ।

फेद्रालाई अाफु अपमान भएको महसुस भयो । पासो लगाएर आत्महत्या गरि ।  राजमहला कोलाहल भयो । बाहिर गएका राजा थेसेअस पनि आयो । आफ्नी रानीले अात्महत्या गरेको देखेर फेद्राको शरीर नियालेर हेर्यो । झुन्डिइ रहेकि रानी गलानेर एउटा कागज देख्यो । फेद्रले हिप्पोलेटसले अाफुलाई बलत्कार गरेको र अब अाफु दुनियाँमा मुख देखाउन लाएक नभएको कारण अात्महत्या गरेको लामो चिठी थियो ।

त्यतिबेला नै हिप्पोलेटस पनि आइपुग्यो । फेद्राले लेखेको पत्रका अाधारमा हिप्पोलेटस अपराधी ठहरियो । उ वनवास तिर लाग्नु पर्ने भयो । जानू भन्दा पहिला उसले भन्यो "पिताजी जब यो सत्य खुल्नेछ, त्यतिबेला तपाईले प्रायश्चित (Remorse) गर्ने समय पाउनुहुनेछैन । अल विदा ! म लागे ।" हिप्पोलेटस दरबारबाट बाहिरियो । 

राजा दोधारमा परेको थियो, के सत्य हो वा असत्य !" यसैबीच धाइअाम पनि रानीको आत्महत्या स्थलमा अाइपुगि र राजालाई सबै कुरा बताइ, जसले रानी फेद्रा हिप्पोलेटसको कोठामा भएको वृतान्त सुनाई । राजा थेसेअसलाई पश्चाताप भयो । त्यतिनै बेला हिप्पोलेटसको वेहोस रगताम्य भएको शरीर त्यहाँ ल्याइपुराए । राजाले छोराको छातिमा टाउको ठोक्काउदै " छोरा मलाई माफ गर गल्ती गरे ।" बिलाप गर्दै थियो । बाउको यो चित्कार सुनेर अन्तिम पटक अाँखा खोल्यो अनि कामेको स्वरमा-" पिताजी ! मैले हजुरको इच्छा पूरा गरे ।अन्ततः म वनवास लागे ।" उसले आँखा चिम्लियो,फेरि कहिलै आँखा खोलेन । फेद्राले म मात्रै किन आत्महत्या गरेर मर्छु र यसलाई पनि बाच्न दिनेछैन भन्ने इच्छा पनि पूरा भयो ।
(अनुवादित ग्रिक संक्षिप्त कथा)

Share:

0 Comments:

Post a Comment

Translate

Search dis Blog

Powered by Blogger.

Wikipedia

Search results

Advertisement

Responsive Advertisement

Popular Posts

Blog Archive