A human right, inclusive democracy, socialism, Equality of Education and Health, Social Justis

Thursday, December 31, 2020

नेताले जनतालई धोखा दिने काम गरे



नेपालको राजनीतिमा जे भैरहेछ त्यो अत्यन्तै पीडादायक बन्दै गएको छ । यस बेला सबैले सबै किसिमको जिम्बेवारी लिने अबस्था हो । तर को किन यसबाट भागी रहेको छ, यो सबैले बुझ्न नसक्ने अवस्था वनि रहेको छ । खास गरि गिरिजा प्रसाद कोइरालाबाट भएको गल्ति आज केपी शर्मा ओलीद्वारा पनि दोहोेरीन पुग्यो । जव देहमा राजानीति गर्ने नेता जिम्वार रहदैनन् यस्ता घटना दाहोरीदै जादा रहेछन् हामीलाई समयले देखाउँदै आएको अवस्था छ ।

 केपी शर्मा ओलीलाई प्रसस्त कामा गर्ने अवसर प्राप्त भएकै  हो तर उनैका प्राटीका मान्छेद्वारा काममा भाझो हालेकै कारण यसरी नेपाली जनतालाई धोखा दिन मिल्दैनथ्यो । आफ्नै पार्टीको आन्तरिक झगडाका कारण देशलाई अस्थितातिर धकेल्ने काम भयो यो अत्यन्तै दुखदायी बन्न पुग्यो । पार्टीको झगडालाई लिएर देशलाई पछि धकेल्नु सम्वतः यो निलैज्जा कुरा हो । नेकपालाई जनाताले विश्वास दिएकै कारण नेकपा सत्तामा छ । पार्टीभित्र आन्तरिक झगडा हुन्छ तर यसको पीडा जनतालाई दिन मिल्दैन । नेकपाको प्रधानमन्त्री जो सुकै होस् जनमतलाई लात हान्न मिल्दैन ।

 प्रचण्ड नेपालको राजनीतिमा एक नालाएक व्यक्ति हो यस कुरामा दुविधा राख्ने ठाउँछैन । यसमा पनि प्रचण्डलाई दुहाई दिन केपी ओलीबाट जे भयो त्यो हरुवा गोरुको छेरुवा दाउ हो । यस मध्यावधी निर्वाचनले अरु पार्टीलाई फाइदा अवस्य हुन्छ । यस विषयमा अरु खुसी हुने अवस्था छैन । किनभने देशको जिम्बेवरी सबै समान छ । नेताहरुबाट देशलाई धोखा हुने काम बारबार हुँदै आएको छ । यसमा जनता कति होसियार छन् यो पनि बुझ्न आवश्यक छ ।


Share:

0 Comments:

Post a Comment

Translate

Search dis Blog

Powered by Blogger.

Wikipedia

Search results

Advertisement

Responsive Advertisement

Popular Posts

Blog Archive