विश्व प्रसिद्व फेसन डिजाइनर ब्लगर एवम् लेखक किर्जिदा रोड्रिग्जले क्यान्सरबाट निधन हुनु अगाडी लेख्नु भएको नोटः
दुनियाँको सबै भन्दा महंगो ब्राण्डका कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर मैले भने ह्रिवलचेयरको प्रयोग गरिरहनु परेको छ ✍️
मेरो घरका दराजहरु हिराका डिजाइनका कपडा, जुत्ता, महङ्गा सरसामानले भरिएको छ तर मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ ✍️
बैंकमा मेरो खाताहरूमा रहेको पैसा मेरो पैसा हुन् तर अब त्यो पैसा मेरो कुनै कामको छैन✍️
मेरा घर एक महल झैं छ तर म अस्पतालमा एक सानो आकारको ओछ्यानमा पल्टिरहेको छु ✍️
म एक फाइभ स्टार होटलबाट अर्को फाइभ स्टार होटलहरूमा जाने गर्थें तर अब म आफ्नो समय अस्पतालमा एक प्रयोगशालाबाट अर्को प्रयोगशालामा गएर समय बिताइ रहेकी छु ✍️
मैले सयौं मानिसलाई अटोग्राफ दिएकी छु तर आज डाक्टरहरूको प्रेस्क्रिप्शन नै मेरो लागि अटोग्राफ भएको छ ✍️
मेरो कपाललाई सजाउनको लागि मसंग सातजना ब्युटीशियनहरू थिए तर आन मेरो टाउकोमा एउटा पनि कपाल छैन ✍️
म एक निजी जेटमा चाहेको बेला जहाँ मनलाग्छ त्यहा उड्न सक्थें तर अब मलाई अस्पतालको बराण्डामा जान पनि दुईजना मानिसहरू सहयोग लिनु पर्छ ✍️
विश्वमा कयौं प्रकारका खाद्ययान्नहरूमा मेरो पहुँच छ तर अहिले मेरो आहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो औषधी मात्र रहेको छ ✍️
यो घर, यो कार ,यो जेट, यो फर्निचर , यति? धेरै बैंक खाताहरू , यति धेरै प्रतिष्ठा र प्रसिद्धी , यी सबका सबको मेरो लागि कुनै काम छैन यी मध्ये कसैले पनि मलाई थोरै भए पनि आराम दिन सक्दैनन् यिनीहरूले केवल दिन सक्छन त केही प्यारा मानिसहरूको अनुहार र उनीहरूको स्पर्श । त्यसैले त भन्न मन लाग्छ समय सधैं एकनास हुँदैन ✍️
(सामाजिक संजालमा भेटिएको)






0 Comments:
Post a Comment