A human right, inclusive democracy, socialism, Equality of Education and Health, Social Justis

Mitharam Bishwakarma

A human right, inclusive democracy, socialism, Equality of Education and Health, Social Justis.

Mitharam Bishwakarma

A human right, inclusive democracy, socialism, Equality of Education and Health, Social Justis.

Mitharam Bishwakarma

A human right, inclusive democracy, socialism, Equality of Education and Health, Social Justis.

Mitharam Bishwakarma

A human right, inclusive democracy, socialism, Equality of Education and Health, Social Justis.

Mitharam Bishwakarma

A human right, inclusive democracy, socialism, Equality of Education and Health, Social Justis.

Tuesday, April 19, 2022

“जाति प्रथा र राजनीति”

६ बैशाख १५:४५


यो लेखोटको सुरुमा नै मैले जानकारी दिऊँ- म जाति प्रथा व्यवहारमै मान्दिनँ । मसँग काम गर्नु भएका, नेपालको संविधानले “दलित” नाम दिएका व्यक्तिहरु जो मेरो घरमा आउनु भएको छ, बस्नु भएको छ र मेरो घरको भान्सामा मसँग उही टेबुलमा खानु भएको छ वहाँहरुलाई यो कुरा राम्ररी थाहा छ ।

अहिले मैले माथि “जाति प्रथा” भन्ने शब्द प्रयोग गरेँ र मैले “जाति प्रथा मान्दिनँ” भनेँ । यो भनेको के हो ? सजिलरी भन्दा मैले कथित जातीय छुवाछुत प्रथालाई न घरबाहिर न त घरभित्र नै मान्छु भनेको हुँ । तर मैले यसो भन्दैमा हाम्रो समाजमा जाति प्रथा नभएको होइन । समाजमा जातीय छुवाछुतको चलन बाक्लै छ ।

जाति प्रथाको कुरा गर्दा धेरैले यसलाई धर्मसँग जोडेको पाइन्छ । धर्मलाई आधार बनाएर यसमाथि राजनीति गरिएको र राजनीतिक लाभ लिने शासकहरुले कसरी जातिप्रथालाई स्थापित गरे भन्ने बारे खासै चर्चा भएको पाइँदैन। आज मलाई यसै बारे कुरा गर्न मन लाग्यो । किन कुरा गर्न लाग्यो ? यसको कारण छ ।

भर्खरैको कुरो हो । मसँग काम गर्ने एक जना युरोपेली व्यक्तिले मलाई फलानो थर दलित हो कि होइन, फलानो त दलित रहेछ नि हगि जस्ता प्रश्न सोध्यो । उसको पछिल्लो प्रश्नमा उसको बुझाइ सरासर गलत थियो । अर्थात् उसले जसलाई दलित भनेको थियो ऊ नेपाल सरकारले गरेको दलितको परिभाषा अनुसार पनि ऊ दलित थिएन । उसले कुनै पश्चिमाले लेखेको पुस्तक र यस्तै अन्य लेखहरुलाई आधार मानेर भनेको थियो ।

यो परिघटनाले मलाई नराम्ररी झस्कायो । अहिले यस्तै पश्चिमीहरुले लेखेका पुस्तक पढेर र वा कुनै अध्ययन नै नगरिकनर गहिरा सोध बिनाका बतासे अखबारीय ज्ञानको भरमा हाम्रो नेपाली समाजमै पनि जाति बारे गलत ज्ञान स्थापित भैरहेको छ । अनि दुनियाँमा अर्को भ्रम पनि छ- त्यो के भने यस्तो सामाजिक संरचना वा व्यवस्था अन्यत्र कतै नभएर हिन्दु समाजमा मात्र छ भन्ने परेको छ । वास्तवमा यस्तै प्रथा क्रिश्चियन समाजमा पनि थियो ।

उनीहरूको समाजमा यो संरचना उहिल्यै हटेर गएकोले अहिलेकालाई इतिहासमा पढिने विषय भएको छ र इतिहास नपढ्ने पश्चिमीहरुले पनि चाल पाएका हुँदैनन् । उदाहरणको लागि जुन युरोपेलीले मलाई त्यो प्रश्न ग-यो उसैलाई आफ्नो मुलुकमा सयौँ वर्ष अघि त्यस्तै कठोर निकृष्ट व्यवस्था भएको मसँग भएको कुराकानीको सिलसिलामा चाल पाएर ऊ आफैँले थप अध्ययन गरेर पुष्टि भएपछि मलाई इमेल लेखेर धन्यवाद दियो ।

अब म विषयमा प्रवेश गरूँ । र मैले यसो गर्दा यस विषयलाई सिद्धान्त र धर्म शास्त्रका अमूर्त कुरा गरेरभन्दा पनि व्यावहारिक पाटोबाट मलाई लागेका कुरा राख्न चाहन्छु । नेपाल र भारतमा अहिले जातीय व्यवस्था भनेर बुझिने जुन व्यवस्था छ, वास्तवमा इतिहासमा त्यो हिन्दु “वर्ण व्यवस्था” थियो । हिन्दु वर्ण व्यवस्थामा हिन्दु समाजलाई व्यवसाय अनुसार कडा रूपमा स्तरीकृत र व्यवस्थित गरिएको थियो । युरोपेली/पश्चिमी संसारलाई यो प्रणाली बुझाउन उनीहरुको मध्य युगमा स्थापित ईसाई युरोपको “इस्टेट व्यवस्था”सँग तुलना गर्न सकिन्छ ।

हिन्दू “वर्ण व्यवस्था” भनेको समाजलाई ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र समुहमा बाँडेर बनाइएको चार-स्तरको प्रणाली थियो भने यस्तै गरेर क्रिश्चियन युरोपेली समाजमा ‘कुलीन’, ‘पादरी’ र ‘आमजन’ समुहमा बाँडेर बनाइएको तीन-स्तरको “इस्टेट व्यवस्था” थियो । यी फरक फरक स्तरका समुहहरुले फरक फरक तर निश्चित पेसा गर्दथे । कुलीनले शासन गर्दथे, पादरीले चर्च सम्हाल्थे, आमजनले खेतीपाती, व्यवसाय र अन्य सेवाका कामकाज गर्दथे । र यता हिन्दु समाज र उता क्रिश्चियन समाज दुवैतिर एक पुस्ताबाट अर्को पुस्तामा पितृवंशीय रेखाबाट उही पेसालाई कुशलतापूर्वक कायम गरेर सारिन्थ्यो । अर्थात् ब्राह्मणको छोरा ब्राह्मण, क्षेत्रीको छोरो क्षेत्री यस्तै यस्तै र उता कुलीनको छोरो कुलीन, पादरीको छोरो पादरी र आमजनको छोरो आमजन ।

ब्राह्मणहरू सामाजिक तहको शीर्ष स्थानमा थिए। तिनीहरूको पेसा भनेको पुरोहित, शिक्षक वा राजा/शासकहरूको सल्लाहकार बन्नु हुन्थ्यो । यो ब्राह्मण तहसँग उताका मध्य युगिन क्रिश्चियन युरोपका पादरीलाई तुलना गर्न सकिन्छ । क्षेत्रीहरू राजा/शासक/सैनिक हुन्थे । मध्य युगिन युरोपका कुलीन वर्गलाई क्षेत्रीसँग तुलना गर्न मिल्छ । वैश्यहरू किसान, व्यापारी र व्यापारी थिए। शुद्रहरू कडा परिश्रम गर्ने कामदारहरू थिए। युरोपका ‘लेबोरेटोरिस’ वा श्रमिक वर्ग शुद्रसँग तुलनायोग्य थिए ।

हिन्दु समाजको वर्ण व्यवस्था अनुसार हिन्दु समाजमा बस्ने हिन्दु बाहेक अन्य कुनै पनि व्यक्तिलाई “जातिविहीन” मानिन्थ्यो । यसको मतलब माथिको चार-स्तरीय श्रेणीमा उनीहरुको कुनै स्थान थिएन । उनीहरूलाई ‘म्लेछ’ भनिन्थ्यो। उदाहरणका लागि त्यो संरचनामा मुस्लिम वा ईसाई जातविहीन वा म्लेछ थिए। सामाजिक श्रेणीका हिसाबले “म्लेछ” शूद्रभन्दा तल थियो। उता मध्य युगिन युरोपमा “जमिन नभएका गरिबहरू” लाई यताको म्लेच्छसँग तुलना गर्न सकिन्छ । “जमिन नभएका गरिब”लाई युरोपमा ईस्टेट बाहिर राखिएको थियो र उनीहरूलाई कुनै राजनीतिक/सामाजिक अधिकार दिइएको थिएन ।

यसरी वर्ण व्यवस्था हिन्दुहरुको समाजमा जातभन्दा पनि पेशामा आधारित भएर सयौँ वर्षसम्म चलिरहेको थियो ।

जब अंग्रेजहरू हिन्दुस्थानमा आए उनीहरुले हिन्दुस्थानमाथि शासन गर्न हिन्दुस्थानका धर्म, संस्कृति, समाज आदिको अध्ययन गर्न थाले । यथास्थितिमा अंग्रेजहरु जो ‘म्लेच्छ’ मानिन्थे तिनीहरुले हिन्दु समाजमा शासक बनेर लामो समयसम्म रजगज गर्न सम्भव देखेनन् । ब्रिटिशहरुको उपनिवेशवादी रणनीति “फुटाऊ र राज गर” थियो । त्यसकारण उनीहरुले ‘वर्ण व्यवस्था’लाई ‘जाति व्यवस्था’को रुपमा प्रस्तुत गरेर पुस्तक लेखाए, ‘नयाँ ज्ञान’ प्रचार गरे । जस्तै मनुस्मृतिलाई आफ्नो स्वार्थ अनुकुल अनुवाद गराए, लेखाए । जाति व्यवस्थाको सुरुआत गरिदिएपछि संगठित हिन्दु समाज विस्तारै विभाजित भयो । समाजमा छुवाछुत,विभेद र दमन तीव्र भयो । समाज टुक्रियो । यसरी अंग्रेजहरुले राजनीतिक स्वार्थमा वर्ण व्यवस्थालाई जाति व्यवस्थामा परिणत गरे।

अहिलेलाई म भारतको सन्दर्भ यहीं छोड्छु । र नेपालतिर लाग्दछु ।

हिन्दुस्थानमा अंग्रेजले शासन गरिरहेकै बेला नेपालमा जहानियाँ राणा शासन थियो । राणाहरुले नेपाली जनता माथि शासन गर्न अंग्रेजबाट सिकिरहेका थिए । प्रधानमन्त्री जङ्गवहादुर राणा बेलायती शासकको औपनिवेशिक सिद्धान्त: “फुटाऊ र राज गर” बाट धेरै प्रभावित थिए। जब प्रधानमन्त्री जङ्गवहादुर राणा बेलायतको भ्रमणबाट फर्के तब उनले सन् १८५४(वि.स. १९१०) मा मुलुकी ऐन जारी गरे । जसरी अंग्रेजहरुले भारतमा वर्ण व्यवस्थालाई नयाँ व्याख्या गरेर हिन्दु समाजलाई विभाजन गरे त्यसरी नै जङ्गवहादुरले वर्ण व्यवस्थाको संरचनालाई मनुस्मृति आदिलाई आधार बनाएर नयाँ ढंगले परिभाषित गरे । जङ्गवहादुरको मुख्य उद्देश्य भनेकै परम्परागत नेपाली समाजको वर्ण व्यवस्थालाई जातिको आधारमा विभाजित गरेर समाजलाई टुक्र्याएर कमजोर बनाई शासन गर्नु थियो । अर्को महत्वपूर्ण कुरा उनले शासकवर्गलाई युरोपमा जस्तै पहिलो श्रेणीमा राख्नु थियो । त्यतिबेला सम्मको परम्परागत हिन्दु वर्ण व्यवस्थामा क्षेत्रीहरु ब्राह्मण पछि दोश्रो श्रेणीमा पर्दथे । अनि उनले शासक वर्गले कुनै अपराध गरे दण्ड नलाग्ने वा न्यून सजाय हुने पनि बनाउन चाहन्थे । जङ्गवहादुरको नयाँ जाति व्यवस्थामा पनि चार तहहरू थिए जसमा उनले क्षेत्रीलाई ब्राह्मणसँग राखेर शासक वर्गलाई पहिलो स्थान दिलाएका थिए भने ब्राह्मणलाई पनि सँगै उही श्रेणीमा राखेर ब्राह्मणलाई आफ्नो मुठ्ठीमा लिएका थिए ।

मुलुकी ऐन अनुसार पहिलेको वर्ण व्यवस्थाको ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रलाई हटाएर नयाँ चार वटा श्रेणी बनाइए: १. तागाधारी, २. मतवाली, ३. पानी नचल्ने तर छोई छिटो हाल्न नपर्ने र ४. पानी नचल्ने र छोई छिटो हाल्नु पर्ने । तागाधारीमा बाहुन र क्षेत्रीलाई राखियो । अर्थात् काँधमा जनै भिर्नेहरु जति यो समुहमा परे । मतवालीमा पहिल्यैदेखि जाँड, रक्सी खाने गरेका र जनै नभिर्नेहरुलाई पारियो । परम्परागत हिसाबले खेती किसानी वा व्यापार भन्दा पनि कडा परिश्रम गरेर जिविका चलाइरहेका समुहलाई फुटाउन पानी नचल्ने तर उनीहरुसँग छोइएपछि शुद्ध हुन नपर्ने र पानी पनि नचल्ने, छोइएपछि शुद्ध हुन पर्ने गरी दुई थरी पानी नचल्ने अछुत जाति बनाइयो ।

यसरी हिन्दु समाजको वर्ण व्यवस्थालाई जङ्ग वहादुरले अंग्रेजले जस्तै “फुटाऊ र राज गर” नीति अँगालेर कानुनी रूपमा नै जातीय व्यवस्थालाई संस्थागत गरे । जङ्ग वहादुरको ऐनले वि.स. १९१० देखि वि.स. २०१९ सम्म सय वर्षभन्दा बढी नेपाली समाजलाई घृणा, विभेद र तिरस्कारको सम्वन्धमा विभक्त ग-यो । इस्लाम मुलुकहरु जस्तो नेपाल धार्मिक कानुनले राज्य गरेको मुलुक कहिल्यै थिएन, होइन । उनले धर्मशास्त्रलाई आधार बनाएर जातकै आधारमा दण्ड दिने संहिता नबनाएको भए जाति व्यवस्थाले यति नराम्ररी जरा गाड्ने पक्कै थिएन ।

वि. स. २०१९ मा राजा महेन्द्र शाहले जङ्गवहादुरको जातीय मुलुकी ऐन (वि. स. १९१०) लाई विस्थापित गरी नयाँ मुलुकी ऐन जारी गरे । नयाँ मुलुकी ऐन (२०१९) मा महेन्द्रले जातीय व्यवस्थालाई गैरकानूनी घोषित गर्दै सबै जातिलाई समान जाति घोषणा गरे। तर, नेपाली समाजमा जङ्गवहादुरको अमानवीय ऐनले स्थापित गरेको घृणा, विभेद र तिरस्कारको सम्वन्धले समाजलाई नराम्ररी विभक्त गरी जातीय विद्वेष फैलाई सकेको थियो जुन कुरा अझै पनि अज्ञानवस् वा अन्य राजनीतिक एवम् सांस्कृतिक सामाजिकीकरणका कारणले समाजका अनेकौँ व्यक्तिहरूले जङ्गवहादुरको ऐनले स्थापित निकृष्ट संस्कृतिलाई पछ्याइरहेका छन् ।

नेपाल सरकारले दलित जातिलाई “नेपालको पुरानो दण्ड संहिता, मुलुकी ऐन (वि. स. १९१०) बमोजिम जातीय भेदभावको शिकार भएका र छुवाछुतको विभेद खेपेका जात र समुदायहरू” भनेर परिभाषित गरेको छ । पछिल्लो समयमा जातीय भेदभाव तथा छुवाछुत अपराध उन्मूलन तथा सजाय ऐन र नेपालको संविधान (२०१५) ले दलित जातिको उत्थानका लागि जातीय भेदभावलाई दण्डनीय अपराध भनेको छ ।

यसबाहेक, संविधानले राष्ट्रिय दलित आयोगलाई संवैधानिक निकायको रूपमा मान्यता दिएको छ र दलितहरूका लागि अवसर सुनिश्चित गर्न राष्ट्रिय दलित आयोग ऐन, २०१७ लागू गरिएको छ। यो सुखद कुरो हो । त्यसैगरी नेपालको पछिल्लो संविधानले राजनीतिक क्षेत्रमा सहभागिता सुनिश्चित गर्न समानुपातिक प्रतिनिधित्व प्रणालीमा दलित र अन्य बहिष्कृत समुदायका लागि निश्चित सिटहरू आरक्षित गरेको छ ।

सयौं बर्ष देखिका उत्पिडनको क्षतिपूर्तिको लागि आवाज उठाउन र दलितका मुद्दालाई सम्बोधन गर्नका लागि यो संविधानमा यो आरक्षण निश्चित समयलाई मात्र राखिनु पर्छ र त्यसपछि “दलित” पदावलीलाई संविधान, ऐन कानुन आदिबाट सधैंको लागि हटाउने तिर ध्यान दिन पनि दलित आन्दोलनकै अभियन्ताहरुले समेत सोच्न अति जरुरी छ ।

वास्तवकिता र व्यवहारमा हेर्ने हो भने अहिले रगत क्रमिक रुपमा मिसिई सकेको छ र “शुद्ध” जाति पाउन बिस्तारै गाह्रो हुँदै गएको छ । यो सामाजिक साँस्कृतिक परिवर्तन हो । हुन्छ । संविधानमा जातीय आरक्षण लामो समयसम्म राख्ने हो भने सभासद वा यस्तै राजनीतिक पदमा निर्वाचित हुनलाई जात हेरेर सजातीय विवाह गर्न र जातिवादका “नराम्रा” पक्षलाई बचाइ राख्न घुमाउरो पाराले प्रेरणा दिन्छ ! अनि ‘दल्नेवाला’ र ‘दलिनेवाला’ (दलित) मा विभक्त समाज सधैँ रहिरहन्छ । यो त ऐलेको युगमा झनै लाज मर्दो कुरो हुन्छ !

Share:

Wednesday, April 6, 2022

नङ्गेलीले आफ्नो स्तन काटेर ट्याक्स तिरिन !

सामाजिक संघर्षका लागि कुनैनकुनै रुपमा बलिदान दिनुपर्ने हुन्छ । यहाँ त्यस्तै घटनाको जानकारी दिन खोजेको छु । कुनै समय आजको केरेला ट्रमानकोर राज्यका रुपमा चिनिन्थ्यो, जसलाई मार्थनब्रमले स्थापना गरेका थिए । यो कुरा सन् १७२९-१७५८ हो । यस्तै आजको तामिलनाडु त्यतिबेला मन्द्रास प्रेसिडेन्सीका रुपमा चिनिन्थ्यो ।
त्यतिबेला समाजलाई उच्च जात र निम्न जातमा शासकले विभाजन गरेका थिए । त्यहाँ एजभा र नाडर जाति निच जातिका रुपमा चिनिन्थ्यो । त्यतिबेला कानुन बनाइयो, निच जातिका पुरुषले टोपी वा पगरी लगाएर हिड्न पाउदैनथे, यतिसम्म कि गम्छाले टाउको छोप्न समेत पाउदैनथे र स्त्रीले आफ्नो स्तन छोपेर कपडा लगाउन पाउदैनथे ।
उच्च जातका लागि यो कानुन लाग्दैनथ्यो । तर उनीहरूले राज्यलाई ट्याक्स तिर्थे । एजभा जातकि नङ्गेली नामकि स्त्रीले आफ्नो स्तन छोपेर कपडा लगाउन थालिन, यस्तो अन्यायपूर्ण व्यवहारको विद्रोह गर्न थालिन । यो कुरा एक कान दुई कान हुँदै राजा कहाँ पुग्यो । त्यतिबेला राजाले खटाएका मानिस घरघरमा ट्याक्स उठाउन जान्थे ।
ट्याक्स अधिकारी ट्याक्स उठाउन नङ्गेली कहाँ पनि पुगे । नङ्गेलीले निकै तर्क वितर्क गरिन, अन्ततः उनेले आफ्नो स्तन छोपे बापत ट्याक्स तिर्नै पर्ने भयो । उनी भित्र गइन् र आफ्नो स्तन काटेर केराको पातमा राखेर "मैले यही स्तन नदेखाए बापत होइन" भन्दै ट्याक्स अधिकारीलाई दिइन् । यो घटना सन् १७२९ देखि सम्म १८०३ चल्यो ।
स्तन काटेर दिदा उनको उच्च रक्तश्राप भएको कारण उनको मृत्यु भैसकेको थियो । तर यो कुरा फैलिन थाल्यो र राजालाई प्रेसर दिन थालियो । राजा बाध्य भएर ट्यक्सका नाममा स्तन दिने प्रथा हटाइदिए । तर ट्याक्स असुली गर्ने काम सन् १७२९ देखि १९२४ सम्म प्रचलनमा रह्यो ।
अर्को मन्द्रास प्रेसिडेन्सीमा नडार जातिको पनि अबस्था यस्तै थियो । यहाँका शासक चार्लस् ट्रेभिलिन थिए । उनी क्याथोलिक थिए । तल्लो जातका मानिसले शासकलाई खुसी पार्न क्याथोलि धर्म अपनाए, जसकारण उनीहरूले ठुलो समस्या भोग्नु परेन । तर जसले ट्याक्स तिर्थे उनीहरूले स्तनको आकार अनुसार ट्याक्स तिर्थे जसलाई सन् १८५९ मा यो प्रथालाई हटाइयो । भारतीय समाजले सन् १७२९ देखि १९४९ सम्म विभिन्न किसमका सामाजिक समस्या भोग्नु पर्यो, भारत स्वतन्त्र भएपछि संबैधानिक रुपमा जातीय विभेदको अन्त्य गरियो । तथापि आज पनि ४ प्रतिशत भन्दा बढी भारती दलित लाभान्वित भएका छैनन् ।
आज वीरङ्गना नङ्गेलीको मुर्ति केरलामा स्थापित गरिएको छ यसकारण समाज बदल्न कुनै नकुनैले बलिदान दिनैपर्छ ।
नङ्गेलीको जस्तै घटना नेपालमा पनि भएको छ । योगमायाले सामाजिक विसंगतिका विषयलाई लिएर विद्रोह गर्दा टिक्न सक्ने अबस्था रहेन र आफ्ना ७२ जना सहयोगी सहित कोशीमा हाम फालेर सामुहिक हत्या गरे । यो कुरा पनि नेपलको इतिहासमा बिर्सन नसकिने घटना हो ।
Share:

Wednesday, March 9, 2022

Rituals of Hinduism : 16 Rites From Conception to Burial

Rituals of Hinduism, Hinduism is the major religion of Nepal. It contains sixteen sacred rites. Due to the antiquity and vastness of Hinduism, it is called ‘Sanatan Dharma’.

Like Buddhism, Jainism, Christianity, Islam, etc., Hinduism is not a religion founded by a particular person. It is a vast blend of different religions and beliefs from ancient times. According to Maharshi Veda Vyasa, sixteen different sacred rites are performed from birth to death.

1. Fertilization

Regarding the conception ritual, Maharshi Charak has said that keeping the mind happy and strong is necessary for conception. For this reason, men and women should always be happy if they want to eat northern food.

At the time of conception, the minds of men and women should be full of excitement, happiness and health. In order to have the best offspring, first of all you have to perform a fertilization ritual.

Birth of Baby 

The offspring originates from the coincidence of parental secretions and semen. This coincidence is called conception. Physical (sexual) contact between a man and a woman is called fertilization. There are many types of natural defects that can occur after a miscarriage, and it is believed to protect the fetus.

It is mentioned in Hindu scriptures that a good and worthy child is born from a methodically conceived conception.

2. Punsavan Rites

Punsavan rites are performed three months after conception. After three months of gestation, the fetus’s brain begins to develop. At this time, the basis of the rite is prepared in the fetus by the Punsavan rite. The baby begins to learn in the womb. An example of this is Abhimanyu, who was taught Chakravyuh in the womb of his mother Draupadi.

3. Seemantonnayan rites

Semantonayan rites are performed in the fourth, sixth and eighth months of pregnancy. At this time the baby growing in the womb is getting ready to learn. In the same way, his mother behaves, behaves, and behaves in such a way that he acquires knowledge of good qualities, temperament, and deeds. In this process, it is important for the mother to study calmly and cheerfully.

4. Jatkarma

Practicing Jatkarma with the birth of a child removes any kind of defects from the baby. Under this, the baby is licked with honey and ghee. At the same time Vedic mantras are recited so that the child is healthy and long-lived.

5. Naming Ceremony

Naming ceremony is done after Jatkarma. The name is also the basis of a person’s identity. The practice of naming is also a method in Hindu scriptures. On the 11th day after the birth of the baby, naming ceremony is performed.

According to astrology, the name of a child is determined.

Many people name their baby after anything, which is wrong. It affects his mentality and his future. Just as wearing good clothes improves one’s personality, having a good and meaningful name affects one’s whole life.

Baby Feeding Ceremony 

6. Niskraman

The expulsion ritual is performed in the fourteenth month of the child’s birth. Exit means to get out. Our body is made up of earth, water, fire, air and sky, which is called Panchabhuta.
That is why the father prays to these gods for the welfare of the child. They also wish the baby longevity and health.

7. Annaprashan

The feeding ritual is performed when the baby’s teeth come out, i.e. at the age of 6-7 months. After this ritual, the child is fed. In the beginning the child is fed the best kind of grains, such as kheer, khichdi, rice etc.

8. Chudakarma

The act of cutting the hair of the head for the first time is called Chuda Karma Sanskar or shaving. When the baby is one year old, then the hair of the child is shaved at the age of three or five or seven years. It is believed that this ritual strengthens the child’s head and sharpens his intellect.

It also kills germs in the baby’s hair, which helps the baby to recover. It is believed that after coming out of the womb, the hair on the child’s head is given by the parents. There is a belief that after shaving, it is removed and purified.

9. The beginning of Education

There is a difference of opinion among our teachers about the order of the rites of initiation. Some teachers are of the opinion that there should be a Vidyarambha ritual after Annaprashan, while others consider this ritual appropriate after Chuda Karma.
The baby starts talking right after eating. For this reason, the rite of initiation after eating seems appropriate. The purpose of education is to acquaint the child with the elementary level of education.

Bratabanda 

In ancient times, when there was a gurukula tradition, the child was taught the alphabet at home before being sent to study the Vedas. His parents and teachers used to teach him oral verses, myths, etc. so that there would be no difficulty in the gurukula.

10. Ear piercing

Ear piercing ritual means piercing the ear. There are five reasons for this, one, to wear jewelry, two, piercing the ears according to astrology stops the bad influence of Rahu and Ketu.

Similarly, third, it causes acupuncture, which improves blood flow to the veins leading to the brain. Fourth, it increases hearing and even prevents some diseases. Fifth, it is believed that it also strengthens the sexual senses.

11. Sacrificial

Yajnopavit is also called Upanayan or Janeu Sanskar. Every Hindu should perform this rite. Sub means together and Nayan means to carry.

Upanayan is the work that the Guru takes with him. This tradition continues even today. There are three sutras in the Yajna. These three deities are symbols of Brahma, Vishnu and Mahesh. It is believed that the baby gets strength, energy and speed from this ritual. It is also believed that spirituality is awakened in the child.

12. Vedarambha

Under this one is given knowledge about Vedas.

13. Keshant

Keshant means to end or terminate the case. Even before studying, hair is shaved or shaved. Purification is necessary before learning, so that the brain works in the right direction. In ancient times, Keshant was performed even after receiving education from Gurukul.

14. Consolidation

Samavartana samskara means to come or return again. This ritual is performed to bring the person back to the society after receiving education from the ashram or gurukula. Its purpose is to prepare the celibate person psychologically for the struggles of life.

Bibaha

15. Marriage

It is important to get married at the right age. Marriage rites are considered to be the most important rites. Under this, both the bride and groom get married together with the resolve to follow the religion. Marriage not only contributes to the development of creation, but also to the spiritual and mental development of the individual.

From this rite, a person is also freed from patriarchal debt.

16. Funeral rites

Funeral rites means funeral rites. According to the scriptures, after the death or renunciation of a person, the dead body is dedicated to fire. Even today, the body is taken away by lighting a fire in front of the funeral procession. This is the fire that burns the leopard.

 

Share:

Who became a leader

Most of the intellectuals have researched who becomes a great leader. The results of the study are as follows:

Natural gift 10%
Result of crisis 5%
Influence of another leader 85%
It's true that a few people step into leadership their organization experiences a crisis, and they are compelled to do something about it. Another small group is comprised of people with such great natural gifting and instincts that they are able to navigate their way into leadership on their own. But more than four out of five of all the leaders that you ever meet will have emerged as leaders because of the impact made by established leaders who mentored them ---

It all starts at the top because --- only leaders are capable of developing other leaders --- followers can't do it. Neither can institutional programs. We can liken who are our leaders. It is my massage those people who want to be great leaders. Can we inspire our present leaders? Corrupt, heinous, dual character and an impractical person can not be leaders.
Share:

Sunday, February 20, 2022

भगवानको काम गर्ने तरिका

भगवानको काम गर्ने तरिका फरक हुन्छ समयको सही सदुपयोग गरौं
विश्व प्रसिद्व फेसन डिजाइनर ब्लगर एवम् लेखक किर्जिदा रोड्रिग्जले क्यान्सरबाट निधन हुनु अगाडी लेख्नु भएको नोटः

दुनियाँको सबै भन्दा महंगो ब्राण्डका कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर मैले भने ह्रिवलचेयरको प्रयोग गरिरहनु परेको छ ✍️

मेरो घरका दराजहरु हिराका डिजाइनका कपडा, जुत्ता, महङ्गा सरसामानले  भरिएको छ तर मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ ✍️

बैंकमा मेरो खाताहरूमा रहेको पैसा मेरो पैसा हुन् तर अब त्यो पैसा मेरो कुनै कामको छैन✍️

मेरा घर एक महल झैं छ तर म अस्पतालमा एक सानो आकारको ओछ्यानमा पल्टिरहेको छु ✍️

म एक फाइभ स्टार होटलबाट अर्को फाइभ स्टार होटलहरूमा जाने गर्थें तर अब म आफ्नो समय अस्पतालमा एक प्रयोगशालाबाट अर्को प्रयोगशालामा गएर समय बिताइ रहेकी छु ✍️

मैले सयौं मानिसलाई अटोग्राफ दिएकी छु तर आज डाक्टरहरूको प्रेस्क्रिप्शन नै मेरो लागि अटोग्राफ भएको छ ✍️

मेरो कपाललाई सजाउनको लागि मसंग सातजना ब्युटीशियनहरू थिए तर आन मेरो टाउकोमा एउटा पनि कपाल छैन ✍️

म एक निजी जेटमा चाहेको बेला  जहाँ मनलाग्छ त्यहा उड्न सक्थें तर अब  मलाई अस्पतालको बराण्डामा जान पनि दुईजना मानिसहरू सहयोग लिनु पर्छ ✍️
विश्वमा कयौं प्रकारका खाद्ययान्नहरूमा मेरो पहुँच छ तर अहिले मेरो आहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो औषधी मात्र रहेको  छ ✍️

यो घर, यो कार ,यो जेट,  यो फर्निचर , यति? धेरै बैंक खाताहरू , यति धेरै प्रतिष्ठा र प्रसिद्धी , यी सबका सबको मेरो लागि कुनै काम छैन यी मध्ये कसैले पनि मलाई थोरै भए पनि आराम दिन सक्दैनन् यिनीहरूले केवल दिन सक्छन त केही प्यारा मानिसहरूको अनुहार र उनीहरूको स्पर्श । त्यसैले त भन्न मन लाग्छ समय सधैं एकनास हुँदैन ✍️

(सामाजिक संजालमा भेटिएको)
Share:

Saturday, February 19, 2022

स्वर्गीय मनबहादुर विश्वकर्मा सम्झिदा


हिरा विश्वकर्मा
२० माघ २०७८, बिहीबार १२:५३

मैले स्वर्गीय मनवहादुर विश्वकर्मालाई २०४६ सालको राजनैतिक परिवर्तनपछि विभिन्न ठाउँमा भेटेको थिए । तर उनीप्रति मेरो ठूलो कुनै धारणा थिएन । उनलाई एउटा दलित नेताको रुपमा मात्रै मैले चिनेको र बुझेको थिए । अहिले यो सम्झना लेख्ने क्रममा उनको मूल्यांकन गर्दा अहिलेको परिवर्तनकारी शक्तिले उनलाई राजावादी मान्छ । त्यो भनेको एक प्रकारको पश्चगामी व्यक्ति मानेको हो । तर मेरो विचारमा उनी अहिले १७ हजार मान्छे मारेर स्थापित भएको आफुलाई क्रान्तिकारी मान्ने शक्ति भन्दा दलितका लागि एउटा अग्रगामी क्रान्तिकारी थिए । तर दुर्भाग्य मान्नुपर्छ त्यस्तो अग्रगामी जुझारु व्यक्तित्वलाई हाम्रो कथित दलित आन्दोलनले उनको मृत्यु भएको करिव १० वर्ष पनि नपुग्दै विर्सिईसकेको छ ।  यसरी विर्सिदा नेपालका दलितको लागि आफ्नो शक्ति, धन, समय र विचार खर्चिने अरु व्यक्तिहरुको नियति पनि यस्तै त हुने होला भन्ने लाग्दछ । किनभने समग्र नेपाली समाज कृतघ्न छ त्यसमाथि त्यसैबाट शोषित, पीडित र चेतना नभएको समाज कृतज्ञ हुने कुरा भएन । त्यसकै उदाहरणको रुपमा मनवहादुरलाई विर्सिनुलाई लिन सकिन्छ । जे भए पनि कसै न कसैले समाज र आन्दोलनलाई घच्घचाई रहनु पर्छ भन्ने अर्थमा यो आलेख तयार पारिएको हो ।
२०५८ साल जेष्ठ १९ गतेको रातलाई नेपाली समाजले राजा विरेन्द्रको वंश नाश भएको दिनको रुपमा सम्झिन्छ तर त्यसको ठीक एक दिन अगाडि नेपाली कम्युष्टि आन्दोलनका शीर्ष पुरुष तथा हालका क्रान्तिकारी नेता प्रचण्डका समेत गुरु रुपलाल विश्वकर्माको लामो समयको उपचारको क्रममा  टिचिङ अस्पतालमा निधन भएको थियो । जीवनभर वामपन्थी राजनीति गरेर आदर्श जीवन वाँचेका रुपलालको अन्तिम संस्कार गर्नको लागि पनि पर्याप्त श्रोत नभएको देखियो । त्यति बेला अहिलेको जस्तो सरकारको श्रोत परिचालन गर्न सक्ने स्थिति पनि थिएन । थियो त केवल उनीप्रति सद्भाव राख्ने व्यक्तिहरुको साथ र सहयोग परिचालन गर्ने । रुपलालको राजनैतिक जीवनको अन्तिम समयतिर खासगरि दलितहरुको मुक्ति वामपन्थी आन्दोलनले मात्र गर्न सक्दैन त्यसका लागि दलितहरुको छुट्टै राजनैतिक शक्ति चाहिन्छ भन्ने निचोढमा पुगेका थिए । त्यसैको फलस्वरुप उनले दलित श्रमिक मोर्चा भन्ने राजनैतिक पार्टि पनि खोलेका थिए । अहिले त आम दलितमा छुट्टै राजनैतिक शक्ति चाहिन्छ भन्ने चेतको विकास नभई सकेको अवस्थामा उनले सोचे जस्तो सो पार्टीले व्यापकता लिने कुरा थिएन । अतः उनको अन्तिम यात्रामा उनका पार्टीका कार्यकर्ताहरु पनि खासै देखिएका थिएनन । यस्तोमा तीनै मनवहादुर थिए जसले एउटा रजिष्टर लिएर अस्पतालमा भेट्न आउने सवैसँग हात फैलाई रहेका थिए ।

मैले थाहा पाए अनुसार उनका लामो समयका गैर दलित कम्युनिष्ट सहयात्रीहरु कोइ पनि श्रद्धान्जली समेत व्यक्त गर्न आएका थिएनन, आएका थिए त केवल उनलाई चिन्ने वा सद्भाव राख्ने दलितहरु । कम्युनिष्ट राजनीतिमा एउटा अचम्म लाग्दो रोग छ, त्यो भनेको राजनैतिक रुपमा उनीहरुको नजरमा कुनै विचलन आएको छ वा देखियो भने उसलाई गद्धारकै रुपमा हेर्ने र व्यवहार गर्ने । मलाई लाग्छ त्यति बेला पनि त्यहि मनोग्रन्थीले कम्युनिष्ट नेताहरुमा काम गरेको थियो । तर मनवहादुरकै पहलमा उनको अन्तिम यात्रा भव्य र सम्मान जनक भयो ।

पशुपतिनाथको व्रम्हनालमा रहेका लाश जलाउने ठाउँमा सर्वसाधारणले समेत जलाउन नपाउने व्यवस्था थियो । त्यहाँ त केवल राज परिवार तथा विशिष्ट व्यक्तिहरुको शव मात्र दहन हुन्थे तर रुपलाल विश्वकर्माको मलामी गएकाहरुले मनवहादुरकै अगुवाईमा त्यहाँ अन्तेष्टीको प्रवन्ध मिलाएका थिए । त्यहाँ खास गरि दलितहरुको अन्तेष्टी गरेमा प्रलय आउँछ भन्ने मान्यता धार्मिक कट्टरपन्थीहरुमा रहेको थियो । उनको अन्तेष्टी गरेको दिनको रातमा राजपरिवारको विभत्स हत्या हुँदा कतै त्यो भनाई साचो हो की क्याहो भन्ने जस्तो पनि देखियो । तर त्यस पछि त्यहाँ अनगिन्ती दलितहहरुको अन्तेष्टी गरिएको र त्यस पछि केही पनि नभएको हुँदा त्यो केवल दलितलाई विभेद गर्न फैलाईएको भ्रम रहेछ भन्ने सिद्द भईसकेको छ । तर पनि त्यहाँ सर्वसाधारण व्यक्तिको अन्तेष्टी गर्दा दुबोको चपरी राख्ने चलन छ र राजपरिवार वा विशिष्ट व्यक्तिहरुको अन्तेष्टी गर्दा त्यस्तो चपरी राख्ने गरिदैन भन्ने सुनिएको छ । यसले विभेदलाई कुनै न कुनै रुपमा निरन्तरता दिईएको देखाउँछ । यसरी मनवहादुरले आफुलाई वामपन्थी र कम्युनिष्ट मान्ने नेता तथा कार्यकर्ताहरुले रुपलाललाई घृणा र बहिस्कार गर्दा एउटा राजावादी दलित नेताले त्यत्रा ठूला वामपन्थी नेतालाई जीवनको अन्तिम यात्रामा सम्मानित गरे । दलित आन्दोलनमा उनले खेलेको भूमिका अविष्मरणीय तथा थुप्रै छुन् त्यसको फेहरिस्तपछि प्रस्तुत गरिने छ ।

मनवहादुरले आफुँलाईलाई वामपन्थी र कम्युनिष्ट मान्ने नेता तथा कार्यकर्ताहरुले रुपलाललाई घृणा र बहिस्कार गर्दा एउटा राजावादी दलित नेताले त्यत्रा ठूला वामपन्थी नेतालाई जीवनको अन्तिम यात्रामा सम्मानित गरे । दलित आन्दोलनमा उनले खेलेको भूमिका अविष्मरणीय तथा थुप्रै छुन् त्यसको फेहरिस्तपछि प्रस्तुत गरिने छ ।

अहिलेलाई ललितपुर वुङमतिकी नानीमैया परियारलाई दिलाएको न्यायको चर्चा गरेर यो आलेख टुंग्याईने छ, किनभने सो घटनाको साक्षी यो पक्तिकार पनि थियो । वुङमतिकी रैथाने नानीमैया परियारलाई आफ्नै घर नजीक भएको इनारको पानी लिन जाँदा छिमेकीले विभेद मात्रै गरेनन, घटना हातापाईमा उत्रियो । उनी सामान्य घाईते मात्र भईनन, उनको सुनको सिक्री समेत हरायो । छिमेकीले अन्याय गरेपछि उनको जाने ठाउँ प्रहरी र न्यायालय हो । तर त्यहाँ सजिलै न्याय पाउने अवस्था थिएन र छैन । पहिले उनी त्यति बेला राजाले नियुक्त गरेका सहायक मन्त्री हरिशंकर परियार कहाँ गईछन्, उनले एउटा दलित एनजिओकर्मी कहाँ पठाई दिएछन् । ती एनजीओकर्मी जो आफै कानुनवक्ता पनि थिए उनले प्रहरी कहाँ पहिले उजुरी दिनु पर्ने सल्लाह दिएछन् । त्यसपछि उनले जावलाखेलको प्रहरी चौकीमा उजुरी दिन गईन तर त्यहाँ सजिलै सुनुवाई भएन । घटना एक कान दुईकान मैदान भयो र यो पक्तिकार सहित दलितको क्षेत्रमा काम गर्ने ठूलो जमात त्यहाँ जम्मा भयो । धेरै जसो व्यक्तिहरु घटनाका रमिते मात्र भए । केही कर्तव्य निभाए जस्तो गर्न र लाज पचाउन प्रहरी चौकीमा आउने जाने मात्र गर्न थाले । सो घटनामा पीडितलाई न्याय दिलाउन खास गरि तीन जना दलित आन्दोलनका अग्रज व्यक्तिहरु निरन्तर लागि परे, ती व्यक्तिहरु थि ओमप्रकाश विके, पद्यमलाल विश्वकर्मा तथा स्वर्गीय मनवहादुर विश्वकर्मा ।

राजाको प्रत्यक्ष शासन भएको सो समयमा दलित आयोगमा अध्यक्ष भागवत विश्वासी तथा सदस्यसचिव हरि गान्धारी थिए । मेरो तीन दिनको वसाईमा अध्यक्षलाई एक दिन पनि देखिएन तर सदस्यसचिव गान्धारी भने पटक पटक आएका थिए । तर दलितको अधिकार स्थापना तथा प्रवद्र्धन गर्न बनेको आयोगका पदाधिकारीको खासै कुनै भूमिका त्यहाँ देखिएन । तर तीन जना व्यक्तिरु जो कुनै सार्वजनिक पदमा थिएनन, उनीहरुले त्यहाँको प्रहरी अधिकृतसँग निरन्तर बहस गरे ।

हामीलाई थाहै छ प्रहरीका हाकीमहरु सबै गैरदलितबाट हुन्छन उनीहरु दलितलाई न्याय दिन अग्रसर त हुँदैहुँदैनन । भई हाले भने पनि झारा टार्ने खालको काम गर्छन, उनले पनि सकेसम्म त्यस्तै गर्ने प्रयास गरेका थिए । राजाको प्रत्यक्ष शासन भएको हुँदा सुरक्षा निकायसँग अलि जोरजुलम पनि गर्न नहुने अवस्था हुँदाँहुँदै पनि यी तीन व्यक्तिहरु निरन्तर प्रहरीलाई न्यायको पक्षमा काम गर्न दबाब दिईरहे ।  स्मरण रहोस छुवाछुत र कसुर सजाय ऐन आईसकेको थिएन । मुलुकी ऐनकै अदलको १० अन्तर्गत कारबाही अगाडि वढाउनु पर्ने थियो तर त्यसमा टेकेर पनि प्रहरीले न्याय दिलाउने कामलाई अगाडि बढाउन चाहेको थिएन । तीन दिनको लगातारको बसाई र त्यसमा प्रहरी तथा खास गरि वुड०मति गाविसका तत्कालिन अध्यक्ष जो नेवार समुदायका थिए र विभेद गर्ने पनि उनकै समुदायहरु थिए । उनले घटना मिलाउन पहल गरे । अन्त्यमा नानीमैयासँग माफी माग्ने र उनको हराएको सुनको सिक्री समेत क्षतिपूर्तिको रुपमा दिने  सहमती भयो ।

यो घटनालाई अदालतमा पनि लैजान सकिन्थ्यो, तर त्यति बेलाको मुलुकी ऐनको प्रावधान अनुसार रु ३००० सम्म जरिवाना तथा तीन महिना सम्मको कैदको व्यवस्था थियो । जबकी उनको सुनको सिक्रीको मूल्यनै ४०-५० हजारको थियो । फेरि गाउँमा मिलेर नै बस्नु पर्ने भएकोले पनि होला नानीमैयाले पनि यसमा चित्त बुझाईन । जे भए पनि दोषीले माफी माग्ने तथा क्षतिपूर्ति समेत दिने खालको अवस्थामा कुरा टुंगिएको हुँदा यसलाई न्याय निरुपणकै हिसाबले हेर्नुपर्छ भन्ने मलाई लाग्छ । यस्ता अनगिन्ति घटनाहरु स्वर्गीय मनवहादुर विश्वकमासँग जोडिएका छन् जसको चर्चा उनको विषयमा लेखिन लागेको पुस्तकमा गरिने छ ।









Share:

विपिले त्यसै भनेका रहेनछन्, कम्युनिस्टको विश्वास नगर्नु

 विपिले त्यसै भनेका रहेनछन् कम्युनिस्टको विश्वास न गर्नु र सहकार्य पनि नगर्नु भनेर तर अहिलेका दाँत फुक्लेका र दुधे बालक दाँत भएका काँग्रेसका नेता कम्युनिस्टको बुई चढेर सत्तामा जान रुचाउँछन्, अहिले देखि हालिय‍ो नि, गठबन्धनको चर्तीकला !

हिजो mcc पास गर्नुपर्छ भनेर बुर्कुसी मारेका कम्युनिस्टहरू आज mcc पास गरे खबरदार भनेर लोकप्रियता हासिल गर्न उफ्रेर काँग्रेसलाई एक्लो बनाउन तम्तयार भएका छन् ।

यस्तो अफ्ठेरो हिजोका दिनमा पनि भएको थियो जसकारण गिरिजाप्रसाद कोईरालाले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । शेरबहादुर देउवाले पनि प्रधानमन्त्री पदबाट राजिनामा दिदा हुन्छ, यत्रो लामो समयसम्म संसद चल्न नदिने, अनि उनकै कुरा ठुला ?

अर्को कुरा गगन थापाको बोलीमा पनि लगाम लगाउनु पर्छ, हामीले नै सुनेको हो केही दिन अगाडिसम्म mcc पास हुन्न भनेर ब‍ोलेको, नेता भएपछि आफू अड्कलिनु पर्छ । क्षणिक सस्ता कुरा गर्न हुन्न । अमरेश कुमारले यस्तै के कुरा गरेछन्, उनलाई संसदीय दलको बैठकमा अगाडि बोलाएर गिरिजाप्रसाद कोईरालाले झपारेको मैले देखेको छु, यो कुरा मैलेमात्रै होइन अरुले पनि देखेका छन् ।

कम्युनिस्टसंग कुनै पनि कुरामा गठबन्धन र सहकार्य गर्न हुन्न, शेरबहादुर देउवाले प्रधानमन्त्रीको पदबाट राजिनामा दिए हुन्छ, उनीहरू काँग्रेसको स्वार्थमा मिल्न आएका होइनन्, स्वार्थ जुँगाको लडाई उनीहरू कै थियो ।



Share:

Translate

Search dis Blog

Powered by Blogger.

Wikipedia

Search results

Advertisement

Responsive Advertisement

Popular Posts

Blog Archive